२०७४ चैत्र २ गते शुक्रबारको राशिफल

0
349

मेष –
मेश राशि हुनेहरुको लागि आजको दिन व्यापार–व्यवसायमा लाभ हुनेछ साथै व्यावसाय विस्तारका लागि लामो यात्राहरुको अवसर  पनि प्राप्त हुनेछ। सोखका लागि केही खर्च बढ्न सक्छ। पारिवारिक भेटघाटमा रमाउने समय रहेकोछ। प्रेम र मित्रताको बन्धन कसिनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने अवसर जुट्नेछ।  । नयाँ सवारी साधन प्राप्तिको योग रहेको छ।

आजको लागि  शुभ अङ्क  ५ अङ्क शुभ रङ्ग रातो रङ्ग शुभ रहने छ ।

बृष :
बृष  राशि हुनेहरुको लागि आजको दिन रोकिएका काम बन्नाले मनमा उत्साह जाग्नेछ। संघर्ष गरेरै आफ्नु अधिकार स्थापित गर्न सकिनेछ।  प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुनेछ। तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती लाई सामना गर्दै आफ्नु काम बनाउन सकिनेछ।

आजको लागि  शुभ अङ्क  ९ अङ्क शुभ रङ्ग पहेलो रङ्ग शुभ रहने छ ।

मिथुन –
मिथुन राशि हुनेहरुको लागि आजको दिन खानपानमा विशेस सावधान रहनुपर्ने समय रहेको छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन अलि खिन्न रहन सक्छ। समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइने सम्भाबना रहेको छ। भौतिक कारनले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सहयोग मिल्नेछ। प्रतिस्पर्धाले मनमा हिम्मत पलाउनेछ।

आजको लागि  शुभ अङ्क  १ अङ्क शुभ रङ्ग सेतो रङ्ग शुभ रहने छ ।

कर्कट –
कर्कट राशि हुनेहरुको लागि आजको दिन समय र परिस्थिति अनुसार चल्न नसक्ता अलि दुःख पाइने सम्भाबना रहेकोछ। अरूको सल्लह सुझावले मनमा बिभिन्न शंका उब्जन सक्छ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस हुनेछ। कुनै पनि काममा परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ ।  विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ।

आजको लागि  शुभ अङ्क  ३ अङ्क शुभ रङ्ग हरियो रङ्ग शुभ रहने छ ।

सिंह –
सिंह राशि हुनेहरुको लागि आजको दिन नयाँ काम सुरु गर्ने समय रहेकोछ । अचानक धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग र साथ दिनेछन् । विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय रहेकोछ। परिश्रम अनुसार उपलब्धि पनि राम्रै पैइने योग रहेको छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। दिन को उतरार्धमा प्रियजनबाट पनि अलि टाढिनुपर्ने समय रहेकोछ ।

आजको लागि  शुभ अङ्क ४अङ्क शुभ रङ्ग मिश्रीत रातो र सेतो रङ्ग शुभ रहने छ ।

कन्या
कन्या राशि हुनेहरुको लागि आजको दिन त्यति राम्रो रहेको छैन । काम र पठन–पाठनमा लगनशील बन्न नसक्नाले अरूले आलोचना गर्न सक्छन् । तपाईंको कमजोरीमाथि अरुले टिप्पणी गर्न  सक्छन , सचेत रहनु उत्तम फलदाइ रहने छ । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू पनि टाढिन सक्छन् । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना रहेको छ। विगतको श्रमबाट भने आर्थिक लाभ राम्रो हुनेछ।

आजको लागि  शुभ अङ्क ७ अङ्क शुभ रङ्ग मिश्रीत रातो र बुट्टे रङ्ग शुभ रहने छ ।

तुला –
तुला राशि हुनेहरुको लागि आजको दिन गर्न लगेक कामबाट सजिलै पार पाइनेछ । इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पनि पूरा हुन सक्छन । याहाको वोलिलाई  समय सापेक्ष परिवर्तन गर्न आवश्यक देखिन्छ । प्रशंसकहरू बढ्नेछन्। विशेष सभा समारोहमा प्रतिष्ठा र मान–सम्मान आदि पाइने योग रहेको छ । दिन को उत्तराधम स्वादिष्ट भोजनको आनन्द मिल्नेछ।  प्रेम र मित्रताको सम्भन्ध कसिएर जानेछ ।

आजको लागि  शुभ अङ्क २ अङ्क शुभ रङ्ग कालो र हरियो रङ्ग शुभ रहने छ ।

बृश्चिक –
बृश्चिक राशि हुनेहरुको लागि आजको दिन त्यति शुभ रहने छैन । दिन को प्रारम्भमा खर्च बढ्नुका साथै आर्थिक अभावले सताउन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने छ  ।  दण्ड वा जरिवानामा परिने सम्भावना पनि रहेकोछ । छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। दिन को उत्तरार्धमा  प्रतिस्पर्धाबाट सामान्य फाइदा मिल्नेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका रहेको छ।

आजको लागि  शुभ अङ्क ८ अङ्क शुभ रङ्ग मिश्रीत बुट्टे रङ्ग शुभ रहने छ ।

धनु
धनु राशि हुनेहरुको लागि आजको दिन शुभ रहेको छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरे रहेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने हुने समय रहेकोछ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग रहेको  छ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।

आजको लागि  शुभ अङ्क ६ अङ्क शुभ रङ्ग घुर्मैलो रङ्ग शुभ रहने छ ।

मकर –
मकर राशि हुनेहरुको लागि आजको दिन आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला रहेकोछ । आफ्नु काम देखाएर धेरैको मन जित्न सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग रहेको छ। दिनको उत्तरार्धमा व्यापारमा न शोचेको घटा हुनेछ ।

आजको लागि  शुभ अङ्क ४ अङ्क शुभ रङ्ग गुलावि रङ्ग शुभ रहने छ ।

कुम्भ –
कुम्भ राशि हुनेहरुको लागि आजको दिन अरूको अनावस्यक काममा समय बित्न सक्छ। आफ्नु काम समयमा पूरा नहुनाले मन खिन्न र आर्थिक हानि हुनेछ । अस्वस्थताका बाबजुद कामको दायित्व भने बढ्नेछ ।  सहयोगको आशा देखाउनेहरूले पनि आजको दिन धोका  दिनेछन्, सचेत रहनुहोस्। व्यावसायिक काममा खर्च बढ्नेछ । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ।

आजको लागि  शुभ अङ्क ९ अङ्क शुभ रङ्ग हलुका रातो रङ्ग शुभ रहने छ ।

मीन –
मीन  राशि हुनेहरुको लागि आजको दिन कामका लागि गरिएको यात्रा हरुमा समय मात्र जनेछ । कर्म छेत्रम समस्या हरु थपिने छन् । घरेलु समस्या बढेर जाने देखिन्छ । दिनको उत्तरार्धमा स्वास्थ्य समस्याले पनि सताउने देखिन्छ ।  विद्यामा कमजोरी र लेनदेनमा विवाद हुनेछ । दिन उत्तरार्धमा न शोचेको आर्थिक लाभ मिल्ने छ ।

आजको लागि  शुभ अङ्क ३ अङ्क शुभ रङ्ग घ्यु रङ्ग शुभ रहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here