भागवत वाचन

 

 

पुराण वाचन यो सेवाबाट हामि यहाहरुलाइ विभिन्न उदेस्यले लगाइने सार्वजनिक र व्यत्तिग पुराण वाचन उर्दछौ । साथै पुराणको लागि आवस्यक पर्ने पन्डाल साउन्ड सिस्टम र कलाकर उपलब्ध गराउदछौ ।

विशिष्ट र आदिम ग्रन्थहरू मध्ये यस श्रीमद्भागवत पुराणलाई पूर्ण पुराण मानिन्छ । मानव सभ्यताको पहिलो कृति र अति उत्कृष्ट दर्शनको रुपमा चार वेदलाई मान्यता दीईएको छ । योगी, तपस्वी तथा अलौकिक दर्शनिक वेद व्यास ।उनले यसलाई तयार पारेको वेदिक साहित्यको प्रमाण छ

जन्मको आधारमा मानिसको कुनै जात हुंदैन भन्ने धर्मलेनै बोलेको बलियो प्रमाण हो भागवतपुराण । जसका लेखक स्वंय आज भोलि भनिने गरेको ‘ आदिवासि जनजाति माझि , पुत्र वेद व्यास थिए । यो पुराणको सहि विष्लेशण गर्ने हो भने वर्मान जातियछुवाछुत र विभेद जस्तो जघन्य मानव अपरालाई निमिट्यान्न पार्न सकिन्छ । परासर ॠषि र माझि पुत्री सत्यवतिको कोखबाट जन्मिएका वेदव्यासको जन्म थलो प्राचीन नेपाल थियो । तिनै आदिवसि वेद व्यास द्वारा रचित वैदिक साहित्यहरूमा चार वेद ,१८ पुराण, १०८ भन्दा बढी उपनिषद ,महाभारत लगायत थुप्रै असंख्य मुल्यवान ग्रन्थहरू मानव सिर्जानाको सर्वोत्कृष्ट कालजेयी रचना बनेको छ । ॠग्वेद , यजुर्वेद, अथर्ववेद र सामवेद को रचना पछि १८ पुराणहरू रचना गरेको मानिन्छ ।

प्राचीन संन्स्कृत भाषामा लिखित यो ग्रन्थ भयावह कलियुगमा शान्ति प्राप्त गर्ने एक अनुपम वैदिक ग्रन्थ मानिन्छ । भागवत लीलामा आफुलाई लिन गरांउदै ,ईश्वर प्रतिको भक्ति र प्रेम जगाउन यसले अहं भूमिका खेल्न सक्ने सामर्थ्य राख्छ । कथात्मक शैलीमा लेखिएको यो ग्रन्थ सर्वसाधारणलाई सहजै वोधगम्य नहुनु स्वभाभिक हो । भ = भक्ति, ग =ज्ञान , व = वैराग्य र त =तरणी को सुन्दर संयोगमा श्रीमदभागवत ज्ञानअमृत सजिएको छ । ईश्वर एक मात्र हो । जगतको उत्पत्ति,स्थिति,र विनासको हेतु तथा आध्यात्मिक ,आधिदैविक र आधिभौतिक(त्रयताप ) तिनै किसिमका तापहरूलाई नाश गर्न सच्चिदानन्दस्वरुप भगवान श्रीकृष्णको शरणमा जानु मानवको लागि परमआनन्द प्राप्त गर्नु हो । जीवनको तत्व ज्ञान प्राप्त गर्ने कलियुगको सरल मार्ग र साधना उल्लेख गरिएको सो ग्रन्थमा देवर्षि नारदको भक्ति सँगको भेट बाट पहिलो अध्याय प्रारम्भ भई कलियुगको धर्म ,चार प्रकारका महाप्रलय र श्रीशुकदेवको अन्तिम उपदेश समाहित बारौं अध्याय सम्म यो पुराण तन्किएको छ।

यो पुराणमा उल्लेखित समय गणनालाई ‘नासा’ले समेत खगोल अनुसन्धानमा प्रयोग गरेको छ । जसअनुसार सत्य युगमा ४,८०० दिव्य वर्ष , त्रेतामा ३६०० द्वापरमा २४००० र कलिमा १२०० दिव्य वर्ष हुन्छ । मानिसहरूको एक वर्ष देवतहारूको एक दिन हुन्छ र यसरी हेर्दा देवताहरूको एक वर्ष मानिसहरूको ३६० वर्ष हुन्छ । यसप्रकारले कलियुगको अवधि ४,३२,००० हुन आउंछ ।

यो पुराणको सातौं स्कन्धको ५ औं अध्याय अन्तर्गत २३ औं श्लोकमा भनिए अनुसार तत्व ज्ञान प्राप्त गरि मुक्तिका लागि नौ वटा भक्तिका स्वरुप देखाईएका छन्।

श्रवणम किर्तनम विष्णो: स्मरणम पाद सेवनम्|

अर्चनं वंदनं दास्यं सख्यमात्मनिवेदनम् ||

इति पुंर्सार्पिता विष्णौ भक्तीश्चेण्णवलक्षणा |

क्रियेत भगवत्यध्दा तन्मन्येSधीतमुत्तमम् ||-7.5.23.

१. श्रवणम् =सुन्दा पनि मुक्ति पाप्त गर्न सकिन्छ। लगातार पवित्र कुराहरू सुनिरहंदा हाम्रो अचेतन र सुक्ष्म दिमागमा नयां उर्जा संचारहुन्छ र त्यसले , संस्कारमा सुधार आई आत्मवोध हुन्छ । त्यो मुक्ति महाराजा परीक्षित ले सुकदेव बाट भागवत ज्ञान पाप्त गरेका थिए ।

२ कीर्तनम् : =नाम संकीर्तन गर्दा शरीरमा उर्जाहरू चलायमान हुन्छन्,त्यसले मनलाई आफ्नो बसमा स्थिर बनाउंछ । ॠषि नारद ले यसैबाट मुक्ति प्राप्त गरे ।

३ स्मरणम्: सम्झना र स्‍मृतिलाई एकाकार गरि अन्तस्करणमा प्रवेश गर्न सकिन्छ । भक्त प्रल्हाद यसका उदाहरण हुन्। हरेक पदार्थमा परमात्माको अंश हुन्छ । उर्जा नै चैतन्यको अर्को रुप हो । जुन कुराको आजका वैज्ञानीकहरू खुलेर प्रसंसा गर्छन्।

४ पाद सेवनम्: पाउको सेवा गरेर लक्ष्मीले बिष्णु नजिक भईन । यसको आधुनिक अर्थ, बिष्णुको पाउको सेवाको अर्थ= कर्म नै ईश्वर हो र निस्वार्थ कर्म गर्दा धन प्राप्त हुन्छ र धर्म पनि एकैसाथ भईरहेको हुन्छ । अल्छि भाग्यको मालिक कहिल्यै बन्न सक्दैन।

५ अर्चनम्: वाली राजाले त्यागको पूजा गरेर बिष्णु प्राप्त गरे। त्याग नै पूजा हो । उनको नाम बाट बलिदान शब्दको ब्युत्पत्ति भएको हो । आँफैं भित्र रहेको षढ रिपूहरू ,रिस ,राग ,लोभ ,मोह ,मद ,मात्सर्य को त्याग गरेर मात्र भगवानको सच्चा पूजा हुन्छ । यसको गलत व्याख्या गरेर मानिसहरूले पशुबली दिने चलन चलाए जबकि यो पुराण यसको खिलाफमा छ । पूजा मन्दीर र चर्च, गुम्बा ,मस्जीद तथा तीर्थ स्थान गएर मात्रै होईन बरू आफु भित्रको विकार फालेर हुन्छ । हरेक दिन आध्यात्मिक उपलब्धीको साधनामा हामि तल्लिन रहनु पर्छ । एक दिन यी सबै विकार बाट मुक्ति मिल्छ । त्यो मुक्ति नै आत्म ज्ञान र बिष्णु , वा नारायण वा परमार्थ प्रप्ति हो ।

महाराज प्रिथुले पनि यसरीनै बिष्णुको अर्चना गरेर तत्वज्ञान प्राप्त गरे ।

६ वन्दनम्: अकुरले बन्दना अर्थात प्रार्थना गरेर मुक्ति पाए । प्रार्थना को प्रचलनलाई पुराणले जब उल्लेख गर्‍यो ,त्यस पछि उदाएका विभिन्न सम्प्रदायका व्यक्तिहरूले अपनाउंदै गएका छन्। उपचार देखि ईश्वर प्राप्ति समेतका लागि प्रार्थनामा बल निहित हुन्छ । दैनिक प्रार्थना सम्यक साधनाको एक महत्वपूर्ण अभ्यास हो ।

7 दास्यम्: विना स्वार्थ को सेवा नै भक्ति पथ मार्फत मुक्ति तर्फ लैजाने एक पथ हो । हनुमान जी श्रीरामको दाष बनेर देखाएको भक्ति त्याग र निस्वार्थ सेवाको उदाहरण हो । आधुनिक अर्थमा यो कर्म योग हो । गीताको आदर्श यसै सँग गांसिएको छ । विवेकानन्द स्वामि को कर्म गर निस्वार्थ कर्म नै ईश्वर हो भन्ने सिद्दान्त यसमा सम्वन्धित छ ।

8 सौख्यम : आर्थात , भगवानअको मित्र बनेर मुक्ति मुक्ति मिल्छ । महाभारतमा अर्जुन श्रीकृष्णको मित्र र भक्त थिए । भगवानलाई डरले र लोभले हैन श्रद्दाले पूजा गरौं । भय बाट मुक्त हुन सक्दा मात्र ईश्वरको दर्शन वा मुक्ति हुन्छ भन्ने ओशो लगायत आनन्द मार्ग सम्प्रदाय को मान्यतता यसैं सँग जोडिन्छ । साधु र सिद्द पुरुष निडर हुन्छ , हाल प्रचलनमा रहेको ‘कपालि ध्यान ‘यसै मान्यतामा आधारीत रहेको छ ।

9 आत्मनिवेदनम्:हामीले ईश्वर लाई केही दिन सक्दैनौं । जे अर्पण गर्छौ त्यो ईश्वरकै अनुकम्पा  हो । उसले दिएर प्राप्त गरेकाले नै दान गर्नेले गर्न सकेका हुन्न तसर्थ दिने हो भने आत्म देउ । त्यो मात्रै ईश्वरलाई चढाउन सक्छौं। बाली ले पनि सम्पूर्ण समर्पण गरेका थिए । ध्यान गर्नु , अन्तश्करणमा प्रवेश गर्नु र निज स्वरूप जान्नु नै ईश्वर प्रप्ति हो । तपांई , म र सबै जीव ईश्वरकै अंश हो जब आत्मा मुखि हुन्छौं तब मात्र सांसरिक दु:ख बाट पार हुन सकिन्छ । शिवजी को ध्यानस्थ मुद्रा , बिभिन्न देवि देवताको ध्यान मुद्रा यसैको प्रतिक हो ।आजको दुनियाँमा मानिसलाई प्रकृतिको नजिक रहेर योग, ध्यान , प्रणायामाम , आहार ,विहार र ब्यवहार सन्तुलन गर्न यसले सिकाउंछ