माटो परिक्षण

 

माटो (भुमि) परिक्षण यो सेवा अन्तर्गत हामि याहाहरुले जिवनभरको कमाइले बनाउन लाग्नु भयको घर अफिस व्यवसाइक भवन कलकारखाना आदि निर्माण स्थलको भुमि वास्तु शास्त्र अनुसार छकि छैन र त्यस भुमिमा याहाहरुले बनाउन लाग्नुभयको भबन लाभदाएक हुन्छ कि हुदैन त्यसको परिक्षण गरिन्छ । वास्तु शास्त्र अनुसार कुनै पनि किसीमको भबन बनाउनको लागि त्यसै किसीमको भुमीको आवस्यकता पर्दछ जस्तै बस्ने घर बनाउन उपयुत भुमीमा कलकारखाना बनाउन उपयुत हुदैन । त्यसैले कुनैपनि कार्यको लागि भुमि छनोट गर्नुपुर्व योग्य वास्तु शास्त्रीको परामर्श लिनु लाभदाइक हुनेछ ।

जस्तै माटो (भुमि) परिक्षणको लागि र्सवप्रथम कुन ठाउँ अथवा सहर या गाउँको कुन दिशा आफ्नो लागि शुभ या अशुभ छ । त्यो हेर्नुपर्दछ । यसको लागि हामीले ज्योतिष विज्ञानको सहारा लिनुपर्ने हुन्छ । ज्योतिषशास्त्रमा व्यक्ति, ठाउँ विशेषको नामबाट राशि निर्धारण गरिन्छ । त्यसपछि व्यक्तिको राशि नक्षत्र र नगर या गाउँको राशि नक्षत्र विवाह प्रकरणमा मेलापक मिलाएर झैँ मिलाई हेर्नु पर्ने हुन्छ । परस्पर शत्रु राशिमा परेमा त्यस नामको ठाउँले सुख शान्ति र समृद्धिको ठाउँमा दुःख अशान्ति र दरिद्रता निम्त्याउनेछ । यदि आफ्नो राशिदेखि ठाउँको राशि दोस्रो, पाँचौँ, नवौँ, दसौँ र एघारौँ राशि परेमा शुभ रहन्छ । तर, आफ्नो राशिदेखि ठाउँको राशि एक या सातौँ परेमा शत्रुता बढ्दछ अर्थात् त्यस्तो ठाउँमा बसेमा छरछिमेकमा दुश्मनी बढ्न जानेछ । फेरि आफ्नोदेखि तेस्रो या छैठौँ राशि परेमा हानि हुनेछ र चौथो, आठौँ या बाह्रौँ राशि परेमा रोगी बनाउनेछ

माटो (भुमि) परिक्षण गर्ने विधिहरु

१ आफ्नो जग्गा जमिनको बिच भागको १ फिट मुनीको माटो लिएर हाम्रो अफिसमा आउने ।
२ हामि याहाहरुको जमिन भएको स्थानमा गएर पनि माटो भुमि परिक्षण गर्दछौ ।