रुद्राक्ष परामर्श

रुद्राक्ष परामर्श सेवाबाट याहाहरुले विभिन्न रुद्राक्षहरुको वारेमा जानकारि लिन सक्नुहुनेछ । रुद्राक्ष यो एक प्रकारको फल हो यो फल मध्य पहाडी झेत्रमा पाईनेगर्दछ | यो फल(रुद्राक्ष) एक मुखे देखि २७ मुखे सम्म भएको बिश्वास गरिन्छ | यो संस्कृतको रुद्र र अक्ष बाट बनेको हो | शाब्दिक अर्थमा यो भगवान शिवको अश्रु जलबिन्दु मानिन्छ | धार्मिक महìवको वस्तुका रूपमा वनस्पति रुद्राक्षको महिमा धेरै छ।
रुद्राक्षको उत्पत्तिका बारेमा पौराणिक कथा अनुसार भगवान् शिवले महाबली दैत्य सुरलाई नाश गर्न लामो समयसम्म चिन्तन गरी आँखा खोल्दा शिवको सूर्य मुखी आँखाबाट बगेको आँसुका थोपा निस्की विभिन्न ठाउँमा छरिन गए। यिनै छरिएका आँसुका थोपा वृक्षमा परिणत हुन गएकाले शिवका आँसुका उपजलाई रुद्राक्ष वृक्षहरू भनेर नामाकरण गरियो। ‘रुद्राक्ष रहस्य’ नामक पुस्तकका अनुसार रुद्राक्ष २७ मुखीसम्म हुन्छ भनेका छन् भने हालैको खोजअनुसार संसारभरि ३८ मुखीसम्म रुद्राक्ष पाइएको खोजकर्ताले बताएका छन् तर सामान्यतः १ देखि १४ मुखीसम्म मात्र सर्वसुलभ उपलब्ध हुन्छन्। एकमुखी र नौ मुखीदेखि १४ मुखी रुद्राक्ष निकै दुलर्भ मानिन्छ |
धा‍र्मिक विश्वाश अनुसार एकमुखी रुद्राक्ष भगवान शिव, द्विमुखी श्री गौरी-शंकर, त्रिमुखी तेजोमय अग्नि, चतुर्थमुखी श्री पंचदेव, षष्ठमुखी भगवान कार्तिकेय, सप्तमुखी प्रभु अनंत, अष्टमुखी भगवान श्री गेणश, नवममुखी भगवती देवी दुर्गा, दसमुखी श्री हरि विष्णु, तेरहमुखी श्री इंद्र तथा चौदहमुखी स्वयं हनुमानजीको रूप मानिन्छ। यस्तै शिव पुराणमा उल्लेख भएअनुसार विभिन्न आकारका रुद्राक्ष धारणबाट फल पाइन्छ। अमला आकारको रुद्राक्ष धारण गर्दा सबै अरिष्ट नाश हुन्छ। बयर आकारका रुद्राक्षले सुख र सौभाग्य बढाउँछ। लालगेडी आकारको साना दाना भएको रुद्राक्षबाट सबै मनोरथ पूरा हुन्छन् भनिएको छ। रातो, कालो, सेतो र पहेँलो रङको पनि रुद्राक्ष हुने हुँदा कालो रङ्गको रुद्राक्ष सबैभन्दा राम्रो मानिन्छ। यस्तै जुन रुद्राक्षमा प्वाल नपारीकन धागो छिराउन सकिन्छ त्यो सबैभन्दा राम्रो र सर्वश्रेष्ठ मानिन्छन्।
पश्चिम नेपालको  पर्बत ,कास्की, स्याङ्जा, पाल्पा गुल्मी र पूर्वी नेपालको भोजपुर, सङ्खुवासभा र धनकुटामा बढी पाइन्छ। नेपाललगायत भारत, मलेसिया, थाइल्यान्ड, इन्डोनेसिया तथा अस्ट्रेलियाका जङ्गलमा प्रशस्तै पाइन्छ।