वास्तु दोष शान्ति

वास्तु दोष शान्ति यो सेवाबाट यहाहरुले आफ्नो वा आफ्नो परिवारका व्यक्तिको घर अफिस व्यवसाइक भवन कलकारखाना आदिको वास्तु शास्त्र अनुसार नभएमा त्यस्को शान्ति गराउन सक्नुहुनेछ । सर्वप्रथम हामीले घर बनाउनु पूर्व स्थानको उपयुक्त परीक्षण र चयन गर्नु पर्दछ । घरको अवस्थिति भौगोलिक रूपमा उपयुक्त हुनु आवश्यक छ । भू बनावट दरिलो नभएको ठाउमा घर निर्माण गर्दा दीर्घकालीन रूपमिा स्थिर रहन सक्दैन । सम्भव भएसम्म इशान (पूर्व उत्तर दिशा) मा नदी तलाउ वा जलाशय भएको,दक्षिण दिशा तिर अलि उचा भएको,बाढी पहिरोबाट सुरक्षित सज्जन समाजको वसोवास भएको ठाँउ उपयुक्त मानिन्छ । चारकुना मिलेको,उच्च भूमि घरका निम्ति शुभ मानिन्छ । यसरी । भू अवस्थितिको अनुकुलन हेरे पछि माटोको प्रकृति उपयुक्त हुनु पर्छ । माटो परीक्षण गर्ने थुप्रै विधिहरू छन् । भूमितलमा हाड हड्डी भएको,बलौटे,वग्ने माटो,सिमयुक्त जमिन घरका लागि उचित हुदैन । यसैगरी गन्ध आउने भूमि पनि अशुभ मानिन्छ । वास्तु अनुसार उज्यालो, कालो,पहेलो, रातो,परेवाको आँखाजस्तो माटो उपयुक्त मानिन्छ ।

बस्न योग्य माटोको परीक्षण पश्चात गृहारम्भ गर्ने उपयुक्त दिन जुराउनु पर्ने हुन्छ । ज्योतिष शास्त्रले वताएका उपयुक्त दिनमा गृह आरम्भ गर्दा अपेक्षित गृहजन्य सुख शान्ति प्राप्त हुने गर्दछ । वर्तमान समयमा गृह आरम्भ गर्ने शुभ दिनहरू पात्रो,भित्ते पात्रो आदिमा पनि वताइदिएको हुन्छ । अथवा जयेतिर्विद् सँग परामर्श गरेर पनि उपयुक्त दिनको निक्र्यौल गर्न सकिन्छ । यसरी गृह आरम्भ गर्नु उचित हुन्छ । जग खन्दा धमिरा,अजिङ्गर,भुस,सर्प,हाड,वस्त्र,खरानी आदि भेटिए अशुभ मानिन्छ । यसैगरी कौडी,रुई,जलेको काठ,खप्पर,फलाम भेटिए भने पनि घर उपयुक्त मानिदैन । यसैगरी जग खन्दा गाईको सिङ,शंख,कछुवा,पैसा,तामा भेटिए शुभ मानिन्छ ।